सर्लाही,२९ पौष
सर्लाहीको हरिवनमा मंगलवार नारायण उप्रेतीको २७ औँ स्मृति दिवस मनाइएको छ । जन–आन्दोलनमा प्रहरी यातनाबाट मारिएका उपे्रतीको सम्झनामा हरिवन नगरपालिकाको परिसरमा उनको स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नगरपालिका परिसरभित्र निर्मित उप्रेतीको शालिकमा माल्यार्पण गरिएको छ ।
कार्यक्रममा नारायण उप्रेती एक होनाहार प्रतिभालाई जन्म दिई पञ्चायती व्यवस्थामा नेताहरुलाई आश्रय दिएर योगदान पु¥याएको भन्दै दिवगंत उप्रेतीकी आमा ९२ वर्षीय टीकालक्ष्मी उप्रेतीलाई सम्मान गरिएको छ ।
यस्तै हरिवन नगरपालिका भित्रका सबै विद्यालयबाट एसईई र प्ल टूमा उत्कृष्ट अंक ल्याउने एक–एक जना विद्यार्थीहरुलाई सम्मान गरिएको आयोजकले बताएको छ । उप्रेतीको स्मृतिमा उहाँको योगदान र शहीदको महत्व विषयमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने तथा सहभागी सबै विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
त्यसैगरी उप्रेतीको योगदानलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल र नगरका ११ वटै वडाका वडाध्यक्षलाई पनि सम्मान गरिएको आयोजकले बताएको छ ।
२०४६ सालको जनआन्दोलनका योद्धा उप्रेतीको आन्दोलनकै दौरानमा प्रहरी यातनाका कारण २०४९ साल पुस २९ गते अर्थात आजैका दिन निधन भएको थियो ।
नारायण उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उपे्रतीको अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।