नेपाल-भारत सुरक्षा सहकार्य सुदृढ, द्विपक्षीय सम्बन्ध मजबुत

66 Shares

नेपाल र भारतबीच सम्पन्न डिआईजीस्तरीय छैटौँ समन्वयात्मक सुरक्षा बैठकले दुई देशबीचको सुरक्षा सहकार्य थप सुदृढ बनाएको छ । पाल्पाको तिनाहुस्थित लुम्बिनी केबलकार बुटवल हिलमा सम्पन्न बैठकले नेपालको सुरक्षाप्रति भारतको गम्भीर प्रतिबद्धता झल्काएको छ ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुरखिरी र गोरखपुर सेक्टरका डिआईजी बी. विक्रमन र मुन्ना सिंहको नेतृत्वमा रहेको टोलीले नेपाली समकक्षी सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालसँग फलदायी छलफल गरेको छ । बैठकले दुई देशबीचको रणनीतिक साझेदारी थप सुदृढ बनाएको छ ।

दुवै देशले अन्तरदेशीय अपराध, अवैध आर्थिक गतिविधि, लागुऔषध ओसारपसार र मानव बेचबिखनविरुद्ध संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने सहमति गरेका छन् । सीमा व्यवस्थापनमा संयुक्त गस्ती र सीमास्तम्भको मर्मतसम्भारमा भारतको सक्रिय सहयोगले नेपालप्रतिको सुरक्षा प्रतिबद्धता प्रष्ट पारेको छ ।

सीमावर्ती क्षेत्रमा धार्मिक सहिष्णुता कायम र उग्र गतिविधि नियन्त्रणमा भएको सहमतिले शान्तिपूर्ण सहअस्तित्वप्रति दुवै देशको प्रतिबद्धता देखाएको छ । संयुक्त खेलकुद र विभिन्न अभ्यासहरूको निरन्तरताले दुई देशका जनताबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

यसअघि भारतको बहराइचमा सम्पन्न यस्तै बैठकको निरन्तरताले नेपाल-भारत सुरक्षा सहकार्यको बलियो जग र क्षेत्रीय स्थायित्वप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

सम्बन्धित समाचार