मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

658 Shares

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पोखरेल आज(शनिबार) दिउँसो त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोप लागेपछि इन्जिनियर पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।
इन्जिनियर पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको छ ।

सम्बन्धित समाचार