पाकिस्तान चुनाव: धाँधलीबारे अमेरिका र बेलायतको चिन्ता

0 Shares

पाकिस्तानको निर्वाचनमा धाँधली भएको भन्दै अमेरिका र बेलायतले चिन्ता व्यक्त गरेका छन् ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बीबीसीले जनाएको छ ।

एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएको आलोचना गरेका छन् ।

निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट तथा दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष निर्वाचनमा प्रश्न उठाएको हो ।

पीटीआईले धाँधलीको आरोप लगाएको छ तर उनीहरूले कुनै प्रमाण पेश गरेका छैनन् ।

पाकिस्तानको निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरेको छैन । पाकिस्तानको नेशनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउँदैछ ।

हालसम्म घोषित नतिजामा पीटीआईले समर्थन गरेका ८४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन) का ७० उम्मेदवार विजयी भएका छन् ।

पीपीपीले ५१ सिटमा जीत हासिल गरेको छ भने अन्य उम्मेदवारले ३१ सिटमा जित हासिल गरेका छन्।

सम्बन्धित समाचार थप