
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानको स्वास्थ्य चौकी कालिन्जोरलाई दुई थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिका–८, घर भई काठमाण्डौंस्थित सुमेरु अस्पतालका जेनेरल म्यानेजरका रुपमा कार्यरत हेमराज दाहालले संक्रामक रोगको उपचारमा खटिने चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)उपलब्ध गराउनु भएको हो । आफूहरुले घारिबथानमै पुगेर वडाध्यक्ष नागेन्द्र पाख्रिनलाई पीपीई सेट प्रदान गरेको लालबन्दीका युवा समाजसेवी राजकुमार न्यौपानेले जानकारी दिनु भयो।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस( कोभिड–१९ ) विरुद्धको लडाइँमा जिल्लामा विभिन्न मनकारी व्यक्तिहरुले यसरी नै स्थानीय निकायहरुलाई तथा लकडाउन पछि प्रभावित परिवारलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरिरहेका छन् ।