चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन चिकित्सको टोली उत्तर कोरिया पठाएको छ । किमको परिस्थितिका बारेमा जानकार तीन व्यक्तिलाई उधृत गर्दै चीनले स्वास्थ्य टोली पठाएको समाचार संस्था रोयटर्सले जनाएको हो ।
उत्तर कोरियाली नेता किमको मुटुको शल्यक्रिया गरिएको उनको अवस्था जटिल रहेको खबर आएका बेला चीनले विशेषज्ञ टोली पठाएको हो ।चीनले चिकित्सा टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्ने निश्चिन्त हुन नसकेको रोयटर्सले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको बताइएको छ ।
किम गम्भीर विरामी भएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि स्वास्थ्यलाभको कामना गरेका थिए ।किम अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक एवं आफ्ना हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा पनि उपस्थित हुन सकेका थिएनन् ।इमेजखबर