करदाता सेवा कार्यालय मलंगवाका प्रमुख कट्टेलको सरुवा

2.7k Shares


करदाता सेवा कार्यालय मलंगवाका कार्यालय प्रमुख बालकृष्ण कट्टेलको सरुवा भएको छ ।  आन्तरिक राजस्व कार्यालय वीरगंज पर्सामा सरुवा भएका कट्टेललाई उद्योग वाणिज्य संघ हरिवनले मायाको चिनो प्रदान गर्दै बिदाई गरेको हो ।
 संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कट्टेललाई बिदाई गरिएको संघका महासचिव रामचन्द्र गौतमले जानकारी दिनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी सहित नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोते लगायतको समेत आतिथ्यता रहेको थियो ।
कट्टेलको ठाउँमा हिरम्भराज न्यौपाने करदाता सेवा कार्यालय मलंगवामा आउनु हुने कट्टेलले बताउनु भयो । नयाँ प्रमुख न्यौपाने आएपछि एकदुई दिनभित्र वीरगंज स्थित आन्तरिक राजश्व कार्यालय जाने कट्टेलले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार