सिन्धुलीको सुकोशी गाउँपालिका क्षेत्र भित्रको बन्दाबन्दी मंगलबारराती १२ बाट खुल्ला गरिने भएको छ । सुनकोशी गाउँपालिकामा मंगलबार बसेको गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले यस्तो निणर्य गरेको हो ।
बन्दाबन्दीको कारण गाउँपालिका भित्रका आर्थिक अवस्था कम भएका, विपन्न तथा मजदुर घर परिवारलाई खाद्यन्नको संकट हुदै गएकाले बन्दाबन्दी खुल्ला गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले जानकारी दिनु भयो ।
बुधबारबाट सामाजिक तथा भौतिका दुरी कार्यम गर्दै स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने साथै कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरी बन्द रहेको सम्पूर्ण सेवा खुल्ला गर्ने निर्णय भएको अध्यक्ष दाहालले बताउनु भयो ।
यस्तै गाउँपालिका भित्र नजिक रहेका शिक्षकले हप्तामा एक पटक टोलटोलमा गएर बैकल्पिक माध्यमबाट पठनपाठन गराउनु पर्ने निर्णय भएको छ । साथै गाउँघरमा बाहिरबाट प्रवेश भएका व्यक्तीहरुको कन्ट्रयाक्ट ट्रेसिङमा सूचना दिई सघाउन शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
पालिका भित्रका होटल व्यवसायीले पनि आफ्नो होटलमा खाना,खाजा खान आउने व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क नम्बरको विवरण राख्नु पर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाले गरेको निर्णय विरुद्ध भएका कुनै पनि गतिबिधी माथी निगरानी राखी नियम उल्लंघन गरेको पाइएमा संक्रमक रोग एेन २०२० अनुसार कार्वाही गरिने अध्यक्ष दाहालले बताउनु भयो । उर्मिला भट्टराई