संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

52 Shares

काठमाडौँ, ५ असार । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
  
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

सम्बन्धित समाचार