मलखादमा चर्काे शुल्क असुल्दै सर्लाहीका व्यापारीहरु,किसानहरु मारमा

2.9k Shares

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को विरुद्ध सरकारले जारी गरेको लक डाउनको समयमा बजारमा कालोबजारी बढेको छ । कोरोना विरुद्ध सरकारले चैत्र ११ गतेदेखि सुरु गरेको लक डाउनको बाहनामा साना तथा ठुला व्यापारीहरुले विभिन्न दैनिक उपभोग्य तथा अत्यावश्यकिय समाग्री देखि लिएर कृर्षिजन्य सामाग्रीहरुको समेत मूल्य बढाएका उपभोक्ताहरुले गुनासो गरेका छन ।
किसानले उत्पादन गरेको तरकारी तथा फलफुलको मुल्य घटेको तर तरकारी फलफुलमा प्रयोग गरिने मलखादको मुल्य,व्यापारीले विक्रि गर्ने दुधको मुल्य,दैनिक उपभोग्य सामानको मुल्यमा कृतिम अभाव सुजना गरी चर्काे मुल्यमा बिक्रि वितरण गर्ने गरेको उपभोक्ताहरुको गुनासो आएको छ । खेतीपातीको समय सुरु भएको र युरीया मलको प्रयोग बढ्ने समयमा व्यापारीहरुले अनुमती नलिई आफुखुसी विभिन्न सहकारीहरुसंग सम्पर्क गरेर कृर्षि सामाग्री कम्पनी लिमिटेडको कसषय युरीया मल १ हजार ४ सय देखि १ हजार ६ सय सम्ममा पनि बजारमा बित्रिधm वितरण गर्नै गरेको पाईएको छ ।
स्थानिय किराना पसलहरुले पनि मलखाद राख्ने र चर्काे सुल्क असुल्ने गरेको स्थानिय उपभोक्ताहरुले गुनासो गरेको छन । भने लालबन्दी बजारका कतिपय एग्रोभेट सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्बाही गरि रहेको भएपनि किराना पसलहरुमा समेत चर्काे मुल्यमा मलखाद बिक्रि वितरण हुने गरेको पाइएको हो । प्रहरीले चर्काे कमा मलखाद विक्रि वितरण गरेका एग्रोभेट सञ्चालकहरुलाई कार्बाही गरेपछि उनिहरुले मलखाद नै बिक्रि वितरण गर्न छोडेका तर किराना पसल सञ्चालकहरुले आफुहरुलाई नै कम्पनी तथा सहकारीले बढी शुल्क लिने गरेको भन्दै कृषकहरुलाई चर्काे शुल्क लिएर बेच्ने गरेका हुन ।

अहिले कृर्षि सामाग्री कम्पनी लिमिटेडको कृषक युरीया मलको मुल्य ७ सय लेखिएको छ तर व्यापारीहरुले १ हजार ४ सय देखि १ हजार ६ सय सम्मा पनि बिक्रि वितरण गर्ने गरेका छन । जसमा जनप्रतिनिधिहरुका आफ्न्तहरुले नै यस्तो काम गरि रहेका पाइएको छ ।

सम्बन्धित समाचार