'त्यत्तिकै छोड' भन्दै आइन् फिल्म दयारानीकी अभिनेत्री श्रीषा

160 Shares

न्यूज कारखाना, काठमाडौँ: गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

श्रीषाले १  दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् ।

गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन् ।

 यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।

सम्बन्धित समाचार