सांसद डा.सिंहले प्रचण्ड परिवारमाथि लगाएको आरोप पुष्टि नगरे रामधुलाई दिन्छु : माओवादी केन्द्रका नेता यादव

940 Shares

नेकपा(माओवादी केन्द्र)का नेता राजकुमार यादवले सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहलाई भौतिक कार्बाही गर्ने चेतावनी दिएका छन्।सांसद डा.सिंहले माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) परिवारको विषयमा अनावश्यक हल्ला गर्न थालेको भन्दै माओवादी केन्द्रका नेता यादवले प्रमाण पेश गर्न नसके सांसद डा.सिंहलाई भौतिक कार्बाही गर्ने चेतावनी दिएका हुन।
माओवादी केन्द्रका नेता यादवले माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डको कृपाले सांसद भएको डा.सिंहलाई अनावश्यक वकवक गर्दा जिल्ला आएपछि राम्रो भौतिक कार्बाही गर्ने चेतावनी दिएका हुन।उनले सांसद डा.सिंहले मन्त्री नपाएको झोकमा अनावश्यक प्रचारबाजी गरेको समेत बताए।राजनीतिका तल्लो दर्जाका कार्यकर्ताहरु कुमार प्रवृतिका हुने र कुमार प्रवृतिका कारण अन्याय अत्याचार नसहने भएकाले आफुहरु तल्लो दर्जाका कार्यकर्ताहरुले अन्याय र अत्याचारका विरुद्ध डटेर सामाना गर्ने नेता यादवले बताए।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड परिवारको विषयमा लगाएका अर्नगल आरोपहरुको प्रमाणित गर्न नसके जिल्ला झर्दा थुतुनो भत्काई दिने बताएका छन् ।
भारतिय एजेन्ट र दलाली गरेर कमाएको अकुत सम्पती छानविन हुने डरका साथै मन्त्री नहुने अवस्था आएपछि उ अत्तालिएको माओवादी केन्द्रका नेता यादवले बताए।भारतिय राजदुतलाई दलाली गरेर भारतबाट ल्याएको रकम अनियमितता गरि कमाएको सम्पती छानविन गर्ने अवस्था आएपछि उनको होस हवास उडेको समेत माओवादी केन्द्रका नेता यादवले बताए ।सांसद डा.सिंह मानसिक रुपमा समेत विरामी भएको बताउँदै माओवादी केन्द्रका नेता यादवले प्रमाणित गर्न नसके जिल्ला झरेपछि राम्रो भौतिक कार्बाही गर्ने र बाउको विहे देखाउने बताएका छन् ।
१५ वर्षमा कसरी कमाए सांसद डा.सिंहले अकुत सम्पत्ति ? कहाँ कहाँ छ लगानी ?
सर्लाहीको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले अकुत सम्पती कमाएका भन्दै चौतर्फी चर्चा परिचर्चा सुरु भएको छ ।अन्य कुनै व्यापार व्यावसाय नभएका सांसद डा.सिंहले नेपालमा नेवारी समुदायका व्यापारीहरुले १२ पुस्तासम्म उद्योग व्यवसाय गर्दा पनि कमाउन नसकेको सम्पत्ति र नेपालमा मारवाढीहरुले ४ पुस्तादेखि उद्योग कलकारखाना संचालन गरेर पनि कमाउन नसकेको सम्पत्ति १५ वर्षमै राजनीति गरेर कमाएका भन्दै चौतर्फी चर्चा परिचर्चा सुरु भएको छ ।
तँ उद्योग खोल्लास्,ऊ पार्टी खोल्छ,
तँ बैंकमा ऋण खोज्लास्,ऊ चन्दा–फिरौती लिन्छ ।
तँ मजदुर भर्ना गर्लास्,ऊ कार्यकर्ता भर्ना गर्छ ।
तँ सामान बनाऊँ भन्लास्,ऊ देशै बनाऊँ भन्छ ।
ए बाबु,कुरो बुझ् है,उद्योग नखोल,पार्टी खोल ।। 
आज भन्दा २० वर्ष अगाडि कृष्णमुरारी गौतमले लेखेको यो कविताको अंशलाई जसले व्यंग्य मात्र ठाने,उनीहरु अहिले पनि सडकमा लखर लखर हिडिरहेका छन् ।ऋणले चुर्लुम्म डुवेका छन् ।जसले गुरुमन्त्र ठाने,उनीहरु राजनीतिक व्यवसाय गरेर छोटो समयमा अर्बपति पनि बनेको छन् । यो यस्तै राजनीतिमा लागेर छोटो समयमै अर्बपति बनेका पात्रमध्ये एक उद्धाहरण पात्र हुन सांसद डा.सिंह ।
सांसद डा.सिंह राजनीतिमा किन लागे ?राजनीतिमा लागेको छोटो अवधिमै के कसरी अर्बपति बने?भन्ने विषयमा अहिले चोकचौताराहरुमा निकै चर्चा परिचर्चा हुन थालेको छ किन भने उनले फिल्मी शैलीमा राजनीतिमा आगमन गरे र सम्पत्ति आर्जन गरे ।सबै पेशा वा व्यवसाय असफल भएपछि २०६३ सालमा ३४ वर्षको उमेरमा सांसद डा.सिंहले राजनीति सुरु गरेका हुन् ।नेपालमा २०६२–२०६३ सालको जनआन्दोलन हुँदा उनी दिल्लीमा घरमा ट्युसन पढाउँदै र पढ्दै गर्थे।त्यही बेला उनले सी ग्रेडका केही भारतीय नेता र नेपालका केही माओवादी नेतासँग सम्पर्क बढाएका थिए ।
राजाको सक्रीय शासनका बेला संसदवादी दलका केही नेताहरु पनि स्वदेशमा बस्न नसक्ने अवस्था बन्यो र उनीहरु पनि दिल्ली गए ।सांसद डा.सिंहका बंगालीमूलका एक जना साढुभाई भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका मान्छे थिए।उनैलाई प्रयोग गरेर सांसद डा.सिंहले माओवादी नेता र भारतीय कम्यूनिष्ट पार्टी र एमालेका नेताबीच चिनजान गराई दिए ।संयोगले दिल्लीमा संसदवादी दल र माओवादीवीच १२ बुँदे सम्झौता भयो ।चतुर सांसद डा. सिंहले यो सम्झौता आफूले गराइदिएको भन्न थाले।माओवादी,एमाले र कांग्रेसका सी ग्रेडका कतिपय नेताहरुले विश्वास पनि गरे किनकी स्कुल पढ्दादेखि नै नाटकको क्षेत्रमा सांसद डा.सिंह सिंश खप्पिस थिए ।
त्यसपछि उनी एक साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर पुष्पकमल दाहाल(प्रचण्ड)कहाँ पुगे।प्रचण्डकहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए।यसपछि उनलाई प्रचण्ड र कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन ।२०६३ सालको परिवर्तनपछि उनी नेपाल आए।महन्थ ठाकुरको गाडीमा बसेर कोइराला भेट्न पुगे।कोइरालासँगको भेटघाटमा उनले प्रचण्डसँग आफ्नो अति नै निकट सम्बन्ध भएको विश्वास दिलाए।एक साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर प्रचण्ड कहाँ पुगे । प्रचण्डकहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए । यसपछि उनलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन । त्यस पछि पत्रकार ऋषि धमलाको पछि लागेर भारतीय राजदूतावास भित्र छिरे । त्यहाँ पुगेर आफू प्रचण्ड र गिरिजाप्रसाद कोइराला दुवै जनाको अत्यन्तै निकट बनेको र दिल्लीको साउथ ब्लकमा आफ्ना नातेदारहरुको बलियो पकड रहेको विश्वास दिलाए ।
यसपछि जुनसुकै सर्वदलीय बैठकमा पनि उनी सरासर जान थाले।कांग्रेसलाई लाग्थ्यो, माओवादीको मान्छे होला।माओवादीलाई लाग्थ्यो कांग्रेसको मान्छे होला तर एकदिन सर्वदलीय बैठकमा अमिक शेरचनले उहाँ को हो?के हैसियतले बैठकमा आउनुभएको हो?भनेर कोइरालालाई सोधे।कोइरालाले भने “तपाँइहरुको मान्छे होइन र उहाँ ?”यसपछि सबै मुखामुख गर्न थाले।कालोनिलो भएका सांसद डा.सिंहले आत्तिँदै जवाफ दिए“१२ बुँदै सम्झौताको एउटा पक्षको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ।अन्यथा नलिनु ।”तर नेताहरुले शंका गरेकोले भोलिपल्ट देखि उनलाई बालुवाटर छिर्न रोक लगाइयो तर उनी नेपाली कांग्रेसको कोषाध्यक्ष महन्थ ठाकुरको चालक तथा स्वकीय सचिव बनेर बलुवाटार छिरिरहे। प्रधानमन्त्री कोइरालाले पनि खासै आपत्ति जनाएनन् ।
२०६२÷०६३ सालको जनआन्दोलनपछि संसद छिरेका उनले त्यसपछि आर्थिक हैसियत यसरी बढाए कि उनलाई नजिकबाट चिन्ने साथीहरु नै जिल्ल परे।जब २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका अधिकांश नेताहरुले पार्टी छाडी मधेसी दलहरु तर्फ लागे। तब सांसद डा.सिंहले कांग्रेसभित्र स्थान बनाए।२०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फको टिकट पाए ।
सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको अत्यन्तै उर्वर ठाउँ हो ।ठाकुरले कांग्रेस छाडेपछि त्यो क्षेत्र सांसद डा.सिंहले पाए ।ठाकुरलाई हराउँदै चुनाव जितेपछि उनले देशव्यापी चर्चा पाउनु स्वभाविकै थियो ।२०६४ सालको संविधानसभा चुनाव अघिसम्म उनी काठमाडौं बुद्धनगरको एउटा छिँडीको कोठामा बस्थे।थोत्रो मोटरसाइकल थियो।केही उच्च माध्यमिक विद्यालयमा हेलमेट टिचरका रुपमा पढाउँथे तर २०६४ सालपछि उनको आर्थिक हैसियत एकाएक उकालो लाग्यो ।
त्यसपछि उनले “तपाँइलाई टिकट मैले मिलाइ दिएको हो,मलाई चुनाव खर्च चाहियो”भन्दै पैसा उठाउने धन्दा सुरु गरे।कांग्रेसको टिकट पाएका अन्य सिधासाधा कार्यकर्ताहरुले चन्दा पनि दिए ।संसद भइसकेपछि भने उनको धन्दा धेरै नै फष्टायो।नेपालको राजनीतिमा भारतको प्रभाव हावी छ भनेर कम्युनिष्टहरुले त नेपालीहरुको दिमाग भुटिदिएकै थिए ।त्यसमाथि एउटा साप्ताहिकमा नियमित समाचार आउन थाल्यो “सांसद डा.सिंह भनेका भारतको अत्यन्तै नजिकका मान्छे हुन्।उनले जसलाई चाहन्छन्,उसलाई मन्त्री बनाउन सक्छन् ।राजनीतिक नियुक्ति दिलाउन र चुनावमा टिकट दिलाउन सक्छन् ।”मिलेमतोमा लेखिने यो समाचार सांसद डा.सिंहको धन्दाका लागि विज्ञापन थियो।खरदारको सरुवाका लागि समेत उनीकहाँ मान्छे पुग्न थाले।काम बन्यो भने मैले गरिदिएको भन्दै मोटो रकम लिने।काम नबने अर्को लटमा हुन्छ भन्दै थुमथुम्याउने गर्न थाले ।
सर्लाहीकै कांग्रेस नेता विकासकुमार ठाकुरका अनुसार नेपालका २५ जना धनी व्यक्तिहरुको सूची तयार गर्ने हो भने सांसद डा.सिंहको नाम पनि आउँछ।उनको भारत,अष्ट्रेलिया,पोर्चुगल लगायत करिव ११ वटा देशमा घर जग्गा तथा व्यवसाय भएको बताइन्छ।त्यो बेला भारतीय दूतावासले स्थानीय तहमै सिधै रु दुई करोडसम्मका परियोजनामा प्रत्यक्ष आर्थिक सहयोग गथ्र्यो ।दुतावासका केही कर्मचारीहरुसँग मिलेर आफ्नो निर्वाचन क्षेत्रमा करिव ७० वटा यस्ता परियोजना लगे करिब आधा रकम अनियमितता भयो ।कांग्रेस नेता ठाकुरका अनुसार उनको भारतमा चार वटा पाँचतारे होटलमा ठूलो लगानी छ । त्यो लगानी हेर्ने जिम्मा सांसद डा.सिंहले मजुमदार थरका साढुभाईलाई दिएको बताइन्छ ।
सांसद डा.सिंहको राजनीतिक सुरुवातदेखि अहिलेसम्म नजिकबाट चिनेका सर्लाहीकै कांग्रेस नेता ठाकुरका अनुसार जनयुद्धकालमा शान्तिको पहल गर्ने नेताको पछाडि लागेर माओवादीको हवाला दिँदै व्यापारी धम्काउँदै करोडौं असुलेका सांसद डा.सिंहले अकुत सम्पत्ति जोडेका छन् ।उनले आर्जन गरेको अकुत सम्पत्ति छानविन हुने संभावना पछिल्ला दिनमा बढेको छ तर विदेशमा रहेको सम्पत्ति छानविन गर्न सहज छैन ।नेपाल भित्रै रहेको सम्पत्ति पनि कहाली लाग्दै छ ।राजधानी काठमाडौंमा उनका चार वटा स्कुल तथा कलेज र तीन वटा आलिसान बंगला छन् ।
राज्य सञ्चालकलाई भारतको डर देखाएर प्रहरी र कर्मचारी सरुवा बढुवाबाट पनि उनले अकुत सम्पत्ति आर्जन गरेका स्रोतको दाबी छ ।उनको वास्तविक हैसियत थाहा भएपछि प्रहरीहरु नै अनुसन्धानका लागि अघि बढेका छन् ।आफू कुनै पनि बेला अकुत सम्पत्ति कमाएको अभियोगमा जेल जानुपर्ने संकेत देखेर अतालिएका सांसद डा.सिंहले यतिबेला अत्यन्तै चर्का कुरा गर्न थालेका छन् ।कांग्रेसका युवा नेता ठाकुरले प्रश्न गरेका छन्, “अक्टोपस”को नामले चिनिने सांसद डा.सिंहको १५ वर्षको अवधिमा बिना कुनै व्यवसाय काठमाण्डौमा तीन वटा घर,सयौँ रोपनी जग्गा,महंगा गाडीहरु कुन नैतिकता र इमान्दारिताको पैसाले किनिएका छन् जवाफ  कसैसँग छ?”उनले सांसद डा.सिंहलाई दलाल र भ्रष्टाचारीहरुको रक्षक भन्दै “अक्टोपस”को सम्पति छानविन गर्न सम्पति शुद्धिकरण विभागको ध्यानाकर्षण गराएका छन् ।
२०७९ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सांसद डा.सिंहलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रको बाहनामा कांग्रेसका बागी उम्मेदवार बनेका उनले निर्वाचन त जिते तर अहिले जनता पच्छुताएका छन् ।उनी आफ्नो निर्वाचन क्षेत्र आउँदा राजा आए झौ तामझाम हुने गरेकोमा अहिले कुनै मानिसहरुले वास्ता गर्दैनन् ।उनी चोकचौतारामा मानिसहरु बसेको ठाउँमा गएर जनता भेटघाटको हवाला दिने गरेका सर्लाहीका कांग्रेस नेताहरु नै बताउँछन् । कांग्रेस नेताहरुले उनको पछिल्ला विभिन्न किसिमका गतिविधिहरुबाट राजनीतिक संस्कार नभएको मानिस सांसद डा. सिंह समेत भन्न थालेका छन् ।

सम्बन्धित समाचार