बागमती ६ स्थित चाँन्दनी घाटबाट १०३ बोतल लागु औषध सहित मोटरसाईकल नियन्त्रणमा

809 Shares

सर्लाहीको बागमती नगरपालिका ६ स्थित चाँन्दनी घाटबाट प्रहरीले ठुलो मात्रामा लागु औषध सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बागमती नगरपालिका ६ चाँन्दनी घाट स्थित पश्चिमबाट दक्षिण तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकललाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सो मोटरसाईकलमा रहेको जुटको बोरामा एक सय तीन बोतल लागु औषध कोडिवेल टि बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका ६ चाँन्दनी घाट स्थित पश्चिमबाट दक्षिण तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको खबर पाएपछि पुगेको प्रहरी चौकी राजघाटको टोलीले  मोटरसाईकल नियन्त्रणमा लिएर सो मोटरसाईकलमा रहेको बोराको मालवस्तुको अनुसन्धान गर्ने क्रममा जुटको बोरामा एक सय तीन बोतल लागु औषध कोडिवेल टि बरामद् भएको हो ।
दुर्घटना भएको मोटरसाईकलको सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखि मोटरसाईकलका चालक फरार भएका र मोटरसाईकल हाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण लागु औषधहरु सहजै रुपमा नेपाल प्रवेश गर्ने गरेका समेत पाइएको छ ।

सम्बन्धित समाचार