उखु किसानले अझैँ अनुदानको रकम पाएनन्

1.5k Shares

सर्लाहीका उखु किसानहरुले  अझै पनि अनुदानको रकम पाएका छैनन् । लामो समयदेखी उखु  खेती गरेका भएपनि किसानहरुले राज्यबाट पाउनुपर्ने अनुदान रकम अझै पनि नपाएका हुन ।
जिल्लामा सञ्चालीत केही उद्योगहरुले किसानहरुलाई भुक्तानी दिएको भएपनि केही उद्योगहरुले किसानहरुको उखु खरिद वापतको रकम नदिएको भन्दै जिल्लाका किसानहरु पटक पटक आन्दोलीत समेत भएका थिए ।  त्यसपछि प्रहरी प्रशासनको दवावमा किसानहरुले लगाएको उखुको रकम उठाउनु परेको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताउनु भयो । उहाँका अनुसार जिल्लाका केही उद्योगहरुले किसानहरुको रकम समयमै भुक्तानी गरेपनि केही उद्योगहरुका सञ्चालकहरुले रकम भुक्तानी नगर्दा आफुहरुपटक पटक आन्दोलीत भएको र सरोकारवालाहरु बसेर उद्योगले गर्नुपर्ने भुक्तानी गर्न पहल गर्ने सहमती भएको थियो ।
उद्योगहरुलदे दिने रकम समयमै नदिंदा आफुहरु आन्दोलनमा गएको सरोकारवाला निकायमा समेत पुगेको र रकम उठ्ने क्रम जारी रहेको भएपनि नेपाल सरकारले उखु उत्पादक किसानहरुलाई दिने अनुदान रकम नपाउँदा आफुहरु मारमा परेको उखु उत्पादक किसान राम केशव साहले बताउनु भयो । उहाँका अनुसार उद्योगहरुले भुक्तानी नगर्दा प्रहरी प्रशासन लगाएर पैसा उठाउनु परेको तितो यर्थाथ रहिरहेको समयमा नेपाल सरकारले दिनुपर्ने अनुदान रकम समेत समयमा उपलब्ध नगराउँदा आफु जस्तै जिल्लाका धेरै किसानहरु मारमा परेका छन् । गत वर्ष उखु बेचेका उखु किसानहरुले हालसम्म पनि भुक्तानी नपाउँदा घर व्यवहार संचालन गर्न गाह्रो भएको जिल्लाका किसानहरुको गुनासो छ ।
नेपाल सरकारले दिने भनेको अनुदानको रकम समेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल किनेर हाल्न समेत गाह्रो परेको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउनुभयो । उहाँले उखु बेचेको एक वर्ष हुन लाग्दा समेत किसानले पैसा नपाउनु दुख्खत रहेको बताउनु भयो ।
 नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिनभित्र उखु किसानहरुलाई बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि किसानहरुले भुक्तानी नपाउनु अत्यन्तै दुःखद कुरा रहेको अध्यक्ष मैनालीले बताउनु भयो ।
गत आर्थिक वर्षको लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगले प्रति क्वुन्टल रु ५ सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति भएको भएपनि किसानहरुले अनुदानको रकम बापतको रु ७० पाउन नसकेका उखु किसान राजकुमार उप्रेतीले बताउनुभयो । 
यता,चिनी उद्योगीहरुले समयमा तथ्यांक उपलब्ध नगराएकाले किसानहरुको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाही सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । उहाँले उद्योगीहरुलाई चाँडै  किसानहरुले बेचेको उखुको लागत पठाउन भनिएको र उद्योगले तथ्यांक पठाए लगतै माथिलो निकायमा तथ्यांक पठाएर पैसा माग्ने र पैसा आएपछि किसानको खातामा पैसा हाल्ने प्रक्रिया सुरु गरिने बताउनु भयो ।
जिल्लामा ३ वटा उखु मिल रहेका छन्। जसमा इन्दुशंकर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरि सकेकोछ भनेमहालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले सरकारको अनुदान बाहेकको उद्योगले दिनु पर्ने रकम पनि भुक्तानी गर्न बाँकी नै रहेको छ ।

सम्बन्धित समाचार