सर्लाही ट्राफिकद्धारा चोरीको मो.सा फेला पारी सम्बन्धीत मो.सा.धनीलाई हस्तान्तरण

1.7k Shares

सर्लाही प्रहरीको सक्रियताका कारण चोरीका मोटरासाईकलहरु नियन्त्रणमा लिने क्रम बढेको छ । देशका अन्य विभिन्न स्थानहरुबाट चोरी गरि जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका मोटरसाईकलहरु नियन्त्रणमा लिने र सम्बन्धीत मोटरसार्यकल धनीलाई हस्तान्तरण गर्ने क्रम बढेको हो।
जिल्ला ट्राफिक प्रहरी कायार्यल सर्लाही मातहतको अस्थाई ट्राफिक प्रहरी पोस्ट कर्मैया,बागमतीले बागमती नगरपालिका १२ कर्मैया स्थित पुर्वपश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा चोरीको मोटरसाईकल फेला पारी सम्बन्ध्ीत मोटरसाईकल धनीलाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कायार्यल सर्लाहीका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनु भयो ।
अस्थाई ट्राफिक प्रहरी पोस्ट कर्मैया,बागमतीले बागमती नगरपालिका १२ कर्मैया स्थित पुर्वपश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा शंकालागि प्र ३–०२–००८प ३०५४ नं. को मोटरसाईकललाई चोकजाँच गरी थप अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिएको मोटरसाईकल ५ दिन सम्म पनि कोही व्यक्ति लिन नआएपछि चोरी भएको पुष्टि भएको ट्राफिक प्रहरीले जनाएको छ ।
थप अनुसन्धानबाट उक्त मोटरसाईकल  बागमती प्रदेश ०२–०१५प ६१६४ नम्बरको काठमाण्डौँ गोकर्णेश्वर नगरपालिका ९ का अन्दाजी वर्ष ४३ का महेन्द्र केसीको घर अगाडी पार्किङगरि राखेको अवस्थामा हराएको भन्दै निवेदन परेपछि थप अनुसन्धान गर्दा सो मोटरसाईकल केसीकै रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि सक्कल कागजात लिएर आएका सवारी धनी केसीलाई सो मोटरसाईकल हस्तान्तरण गरीएको जिल्ला ट्राफिक प्रहरी कायार्यल सर्लाहीका प्रमुख प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

सम्बन्धित समाचार