मछिन्द्रसंग पाहुना टाेलि एभिनिर ६-५ ले पराजित

3.2k Shares

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) काे चाैथाे क्वाटरफाईनल खेलमा विदेशी टिम यभिनिर फुटबल क्लब क्यामरुन मछिन्द्र फुटबल क्लब काठमाडाैंसंग ६-५ ले पराजित भएको हाे ।  

निकै प्रतिस्पर्धात्मक खेलकाे निर्धारित समयमा कुनै गाेल नभए पछि खेललाई ट्राईबेकरमा लगिएको थियाे । ट्राईबेकरमा मछिन्द्रले एभिनिरलाई ६-५ गाेल अन्तरले  पराजित गर्दै मछिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हाे । बागमती नगरपालिका १२ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा बुधबार दिउँसो साँढे ३ बजेबाट भएको खेलमा मछिन्द्रले एभिनरलाई ७-५ गाेलअन्तरले पराजित गरे पछि मछिन्द्रकाे सेमिफाइनल यात्रा तय भएको  आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले  जानकारी दिनुभयाे । उहाँका अनुसार बिहिवार पहिलाे सेमि फाईनलमा आयाेजक बागमती युबा क्लब र पिप्ले युवा क्लबविच खेल हुने छ ।   प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ स्पाेर्ट क्लब धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र  विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका छन् । 
 मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगिताको  बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । चैत २ गतेबाट शुरु भएको  प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार