लालबन्दी १६ मा जनप्रतिनिधिहरुद्धारा घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

3.9k Shares

 सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा जनप्रतिनिधिले घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेका छन् । लालबन्दी नगरपालिका १६ परवानीपुरमा कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षण देखिएका बिरामीहरु फेला परेपछि वडा अध्यक्ष गणेश थापा सहितका वडाका जनप्रतिनिधिहरु स्वास्थ्यकर्मीहरु लिएर वडाबासीको घर दैलोमा पुगेका हुन ।
वडाबासीको ज्वरो चेकजाँच गर्ने,सामान्य खालका औषधीहरु वितरण गर्ने र वडाबासीलाई सन्देशमुलक जानकारी समेत गराउने कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनु भयो । उहाँका अनुसार आईतबार पहिलो दिन लालबन्दी नगरपालिका १६ को भोर्लेनीका ५८ जनाको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको छ ।
सोमबार  मिलन चोकका स्थानीयबासीहरुको स्वास्थ्य परिक्षण गरिने स्वास्थ चौकी परवानीपुरका प्रमुख हेमान्सु कर्णले जानकारी दिनु भयो । लालबन्दी १६ परवानीपुरले कोभिड–१९ बिरामीको स्वास्थ्य परीक्षण उपचार तथा जनचेतना अभियान अन्तर्गत जनप्रतिनिधिहरुले घरदैलोमै स्वास्थ्यकर्मीहरु सहितको उपचार र परिक्षण कार्यक्रम सुरु गरेका हुन । भने जेठ २० गते कोरोना संक्रमण जस्तै लक्षण देखिएका बिरामीहरु र शंकास्पद बिरामीहरुको पिसिआर परिक्षण गरिने कर्णले बताउनु भयो । आईतबारबाट सुरु भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम बुधबार सम्म चल्ने वडा अध्यक्ष थापाले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार